हिपमत डटकम

मंगलबार, फाल्गुण २५, २०७७ || 5522  पटक पढिएको

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य सूर्य थापा सामाजिक सञ्जाल मार्फत प्रधानमन्त्री ओलीलाई चार पटकसम्म पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्नेहरुलाई अपराधीको संज्ञा दिएका छन् ।

सर्वोेच्च अदालतको फैसला अनुसार नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग भएपछि माधव कुमार नेपाल र झलनाथ खनाल सहितका नेता कार्यकर्ताहरु नेकपा एमालेमा फर्किएका छन् ।

“प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई चार पटक पार्टी सदस्यताबाट निस्कासित गरेको घोषणा गर्ने अपराधीहरूको मुहार झलझली सम्झना भइरहेको छ । जनताले दुई तिहाइको जनादेश दिएकोमा सरकारलाई घेराबन्दी गरी असफल बनाउन न्वारानदेखिको बल लगाउने यिनको अनैतिक हर्कत बिर्सन मिल्दैन ।” थापा सामाजिक सञ्जाल फेशबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!