हिपमत डटकम

आइतबार, फाल्गुण २३, २०७७ || 656  पटक पढिएको

अस्ट्रेलिया विरुद्धको टी२० क्रिकेट शृंखला न्यूजील्यान्डले ३–२ ले जितेको छ । वेलिङ्टनमा आइतबार सम्पन्न शृंखलाको अन्तिम खेलमा न्यूजील्यान्ड सहजै सात विकेटले विजयी भएको थियो ।

पाँच खेलको यस शृंखलामा टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले जितका लागि न्यूजील्यान्डसामु १४३ रनको चुनौती प्रस्तुत दिएको थियो । उक्त लक्ष्य न्यूजील्यान्डले २७ बल बाँकी छँदै तीन विकेट गुमाएर पूरा गरेको थियो ।

न्यूजीन्यान्डले अन्तिम खेलमा तीन जना स्पिनरलाई खेलाएर जोखिम लिएको थियो । तर तीनै जना स्पिनरले राम्रो बलिङ प्रदर्शन गरेका थिए । स्पिनर इस सोढीले २४ रन दिएर ३ र मार्क च्यापम्यानले ९ रन दिएर १ विकेट लिएका थिए भने मिचेल सान्टनरले चार ओभरमा २१ रन मात्र दिएका थिए ।

अस्ट्रेलियाले लक्ष्य पछ्याउने क्रममा मैदानमा उत्रेका मार्टिन गप्टिलले ७१ रन बनाएका थिए । उनले चार चौका र चार छक्का प्रहार गरेका थिए । कन्वेले पनि ३६ रन बनाए ।

न्यूजील्यान्डका कप्तान केन विलियम्सन पहिलो बलमै आउट भएपछि न्यूजीन्यान्ड केही दबाबमा देखिए पनि ग्लेन फिलिप्सले पाँच चौका र दुई छक्का प्रहार गरेर टिमलाई सहज विजयतर्फ डोर्याएका थिए ।

अस्ट्रेलियाका लागि म्याथ्यु वेडले ४४, आरोन फिन्चले ३६ र मार्कस स्टोइनिसले २४ रनको योगदान दिएका थिए ।–एएफपी/Photo: Agency

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!