हिपमत डटकम

मंगलबार, फाल्गुण १८, २०७७ || 1123  पटक पढिएको

विराटनगर / मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शङ्कास्पद मृत्यु प्रकरणमा जोडिएका घरधनी रमेश गिरी एक लाख धरौटीमा छुटेका छन् ।
आइतबार पक्राउ परेका गिरी सोमबार जिल्ला अदालत मोरङले एक लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।न्यायाधीश सुदर्शन लामिछानेको इजलासले थुनछेक बहसपछि एक लाख धरौटीमा छाड्ने आदेश दिएको अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकानरी दिए ।
उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरीलाई आइतबार साँझ पक्राउ गरेको थियो ।
उर्लाबारी–६ स्थित गिरीको घरमा डेरा बस्ने साथीहरूको कोठामा अघिल्लो रात सुत्न गएका प्रवीणको गत पुस ५ गते शङ्कास्पद मृत्यु भएको थियो । परिवारका सदस्यले उनको शव उर्लाबारीस्थित गोदावरी अस्पतालमा पाएका थिए ।
हत्या आरोपमा प्रहरीले ६ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो । गत विहीबार आरोपीमध्ये पक्राउ परेका मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा र उर्लाबारी–९ का ३४ वर्षीय कुमार राईलाई तीन लाख धरौटीमा छाड्ने आदेश दिएको थियो ।
कर्तव्य ज्यान मुद्दाका आरोपी उर्लाबारीका ३१ वर्षीय राजेश रणपहेली, मोरङ कानेपोखरीका २१ वर्षीय सुदीप परियार र झापा बैगुनधुराका ३१ वर्षीय दिपेश पौडेल फरार छन् ।
राजेश, सुदीप र दिपेशको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मेहरमान, सुदीप र दिपेश गिरीको घरमा डेरा बस्थे । साथी प्रवीणलाई लिएर राजेश पुस ४ गते राति कोठामा गएका थिए ।
कोठामा पुग्नुअघि खानपिन गर्ने क्रममा सौरभ होटलका सञ्चालक कुमार राईसँग विवाद भएको थियो । त्यसपछि साथीको डेरामा पुगेर सबै एउटै कोठामा सुतेकामध्ये प्रवीणको भने शङ्कास्पद मृत्यु भएको अवस्थामा शव भेटिएको हो । स्थानीय र आफन्तको आन्दोलनपछि प्रहरीले उनीसँगै बसेका चार जना, घरबेटी र होटल सञ्चालकविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!