जाडोमा चिसोबाट बच्न एक जना भिखारीले जे गरे त्यो बारेमा थाहा पाउँमा मानिसहरु चकित पर्छन् । भारतको उत्तर प्रदेशका एक मान-सिक रुपमा विक्षिप्त भिखारीले लाखौं रुपैयाँ बराबरका नोट बालेर आगो तापेर जाडो भगाएका छन् ।
महोबा शहरको कोतवाली इलाकाको पुरानो सब्जी मण्डी परिसरबाहिर यी व्यक्तिले त्यसरी पैसा जलाएर आगो तापेका हुन् ।
उनले ५–५ सयका नोटहरुको बण्डल बालेर आगो तापेका छन् । अन्यन्तै गरिब मानिने बुन्देलखण्ड इलाकामा यी भिखारीले यसरी पैसा बालेपछि मानिसहरु आश्चर्यमा परे । आसपासका सरसफाइकर्मीहरुका अनुसार ती व्यक्तिले फोहरको थुप्रोमा लाखौं नगद, २ वटा एण्ड्रोइड फोन, सुन चाँदीका गहना र एउटा धारिलो हतियार समेत जलाएका हुन् ।
फोहरको थुप्रोमा लाखौं जलाइसकेका उनले हाँस्दै आफूलाई जाडो लाग्दा जे भेटे त्यही बालेर जाडो भगाएको बताएका छन् । घटनाको सूचना पाउनासाथ पुलिस घटनास्थल गएर जाँच गरिरहेको छ । पुलिसले यो मामिलामा कैयौं पक्ष ध्यानमा राखेर अनुसन्धान गरिरहेको छ ।
यी पागलसँग यति धेरै पैसा र गहना कहाँबाट आयो भन्ने प्रश्न उठिरहेको छ । यसको उत्तर प्रहरीले पनि पाउन सकिरहेको छैन । एजेन्सी-