हिपमत डटकम

आइतबार, माघ ११, २०७७ || 828  पटक पढिएको

सामूहिक बलात्कारको आरोपमा ट्राफिक प्रहरी जवानसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा कपिलबस्तु बाणगंगा गाउँपालिकाका गुरु चरण चौधरी र जिल्ला ट्राफिक कार्यालय रुपन्देहीमा कार्यरत ट्राफिक प्रहरी जवान विशाल शर्मा छन् ।

कार्तिक २३ गते सामूहिक बलात्कार भएको भनी दुई जना युवतीले शुक्रबार दिएको जाहेरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी प्रविण पोखरेलले बताए । युवतीहरुको जाहेरीअनुसार कार्तिक २३ गते राति ८ः३० बजे प्रहरी जवान शर्मा उनीहरुलाई भेट्न गएका थिए । भेटघाटको क्रममा युवतीले अपशब्द बोलेपछि शर्माले उनका अन्य तीनजना साथीहरुलाई बोलाए ।

शर्माका साथीहरुले त्यहाँमध्ये एक युवतीको नग्न तस्बिर खिचेको र अर्की युवतीलाई पालैपालो सामूहिक बलात्कार गरेको युवतीहरुको जाहेरीमा उल्लेख रहेको एसपी पोखरेलले बताए । निजले घटनाको विषयमा उजुरी दिए नग्न तस्बिर भाइरल गरिदिने धम्कीसमेत दिएको पीडित युवतीहरुले जाहेरीमा उल्लेख गरेका छन् । घटनामा संलग्न अन्य दुईजना भने फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!