हिपमत डटकम

बिहिबार, माघ ०८, २०७७ || 644  पटक पढिएको

पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली सुध्रिएर देश विकास गर्ने अपेक्षा राखेपनि उनले पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याई पुर्याएको बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित भेलामा सम्बोधन गर्दै नेता नेपालले देश समृद्धिका लागि ओलीलाई सुधार्न विभिन्न प्रयास गरेपनि ओलीले आफुहरुलाई पुर्पुरोमा हात राख्नुपर्ने अवस्थामा ल्याएको बताएका हुन् ।

उनले प्रधानमन्त्री ओलीले पार्टीका नेतामाथि बदलाको भावना राखेर मुलुकलाई संकटमा पारेको बताए । ‘ओलीले संविधान विरोधी, अलोकतान्त्रिक कदमहरु चाले’ उनले भने, ओलीले चालेका प्रतिगामी कदमले मुलुक संकटमा परेको हो ।’ पार्टीको निर्णय स्वीकार गर्न नसक्ने व्यक्ति पार्टीको साधारण सदस्य समेत रहन नसक्ने भन्दै नेपालले ओलीलाई साधारण सदस्य नरहने गरी पार्टीले निष्कासन गर्ने उनले ठोकुवा गरे ।

नेता नेपालले ओली जस्तो कुलङ्घार नेता मुलुकमा अरु कोही नभएको पनि बताए । ‘ओली कहिले देखि एमाले भए ?’ नेपालले भने, ‘रौतहट आन्दोलनमा सँगै मैले लिएको मान्छे । अहिले माधव नेपाल को हुन् भनेर सोध्छन् । त्यसैले ओली कहिलेदेखि एमाले भए ? ओली भगौडा हुन् । झापा आन्दोलनबाट भागेर २०२८ सालतिर काठमाडौँ आएका थिए । उनलाई मेरो डेरामा दुई महिना राखेको हुँ,’नेता नेपालले भने ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!