हिपमत डटकम

बिहिबार, पौष २३, २०७७ || 567  पटक पढिएको

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई यसअघि आफैंले गरेको बाचा पूरा गर्न र संविधानको रक्षा गर्न आग्रह गरेका छन् । बुधबार अमेरिकाको राजधानी वासिङटनस्थित क्यापिटोल हिलमा ट्रम्पको उक्साहटमा भएको हिंसात्मक प्रदर्शनपछि बाइडनले यस्तो बताएका हुन् । बाइडनले तत्काल क्यापिटोल हिललाई कब्जामुक्त गर्न पनि आग्रह गरेका छन् । उनले बुधबारको घटनाको भर्त्सना गर्दै यो लोकतन्त्र माथिको अहिलेसम्मकै ठूलो आक्रमण भएको उल्लेख गरेका छन् ।

उनले बुधबारको घटना कुनै विरोध प्रदर्शन नभई विद्रोह भएको आरोप लगाए । बुधबार वासिङटनमा कंग्रेसको बैठक चलिरहेको समयमा ट्रम्पका समर्थकहरुले गरेको प्रदर्शन हिंसात्मक बनेको थियो ।

अमेरिकी उपराष्ट्रपति माइक पेन्सले पनि बुधबार भएको घटनाको निन्दा गरेका छन् । उनले बुधबार क्यापिटोलमा भएको हिंसात्मक आक्रमण सह्य नहुने बताएका थिए । उनले यो हिंसा रोक्न आफ्नो तर्फबाट काम गर्ने सबैलाई धन्यवाद दिएका छन् । यसअघि पेन्सले आफूसँग बाइडनको जितलाई रोक्ने अधिकार नभए पनि ट्रम्पले भने बाइडनलाई रोक्न निरन्तर दबाव दिइरहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!