सोसल मिडिया वेबसाइट ट्वीटरले राष्ट्रपति डोनल्ड ट्रम्पको अकाउन्ट १२ घण्टाका लागि लक गरेको जानकारी दिएको छ ।

ट्वीटरmे यो कारवाही उनको चुनाव सम्बन्धि ट्वीटको विषयमा गरेको हो ।

ट्वीटरले भनेको छ, ‘वासिङ्टन डिसीमा बनेको अभूतपूर्व हिंस्रक स्थितीलाई मध्यनजर गर्दै हामीलाई लाग्छ कि डोनल्ड ट्रम्पले आफ्ना तीन ट्वीट्स हटाउनु पर्नेछ । यी ट्वीटले हाम्रो सिभिक इन्टेग्रिटी पोलिसीको उल्लंघन गर्छ ।’

यसमा यदि डोनल्ड ट्रम्पले तीन ट्वीट हटाउँदैनन् भने उनको अकाउन्ट लक नै रहने बताइएको छ ।

ट्वीटरले यदि डोनल्ड ट्रम्पले ‘सिविक इन्टेग्रिटी पोलिसी’ को पुनः उल्लंघन गर्छन् भने उनको अकाउन्ट सधैंका लागि बन्द गरिने चेतावनी पनि दिइएको छ ।

उत्तरी अमेरिकाका टेक्नोलोजी रिपोर्टर जेम्स क्लेटनले आफ्नो रिपोर्टमा डोनल्ड ट्रम्पले आफ्नो समर्थकलाई जे सन्देश दिए, त्यसपछि अमेरिकी राजधानीमा हिंसा भएको हो । यो सन्देशलाई ट्वीटरले मात्रै नभई फेसबुक र युट्युबले पनि हटाएको छ ।

ट्रम्पले आफ्ना समर्थकलाई घर जान अपिल गरेका थिए तर उनले आफ्नो सन्देशमा चुनावको धाँधलीको दाबीलाई पनि दोहोराए ।

फेसबुकले ‘उनले सन्देशले स्थिती नियन्त्रण हुनुको साटो बिग्रने’ हो कि भन्ने आफूलाई लागेको बताएको छ ।

हिंसा अघि राष्ट्रपति ट्रम्पले आफ्ना समर्थकलाई ‘यो चुनावमा धाँधली भएको’ बताएका थिए ।

त्यसको केही घण्टापछि जब अमेरिकी राजधानी र बाहिरको इलाकामा हिंसा सुरु भयो, तब उनले एक भिडियो सन्देशमा चुनावी धाँधली भएको आफ्नो दाबीलाई दोहोराए ।

युट्युबले ट्रम्पको भिडियो सन्देशलाई हटाउँदै भनेको छ, ‘उनको भिडियोले चुनावी धाँधलीको आधारहीन दाबी गरिरहेको छ जुन हाम्रो नीतिको विरुद्ध हो ।’

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!