आइतबार, माघ १२, २०७६ || 931  पटक पढिएको

हिपमत डटकम
काठमाडौं, माघ १२ : मकवानपुरमा एम्बुलेन्स प्रयोग गरी गाँजा तस्करी गरेको पाइएको छ । रौतहटको डुमरिया नगरपालिकाको स्वास्थ्य चौकीको एम्बुलेन्समा ३० किलो ६ सय ग्राम गाँजा ओसारपसार भइरहेको अवस्थामा चालकसहित ३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले जानकारी दिए । शनिबार बेलुका पौने ७ बजे मकवानपुर उपमहानगरपालिका १९ नेवारपानीको इलाका प्रहरी कार्यालयले बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा चेकजाँच गर्दा गाँजा फेला परेको हो । त्यस क्रममा नेपाली र भारतीय गरी ९१ हजार रुपैयाँ पनि प्रहरीले बरामद गरेको छ । प्रहरीले एम्बुलेन्स चालक रौतहटको डमुरिया नगरपालिकाका महम्मद खलिद, रौतहट डुमरियाका अशोक कुमार र भारत मोतिहारीका विनोद सहनीलाई पक्राउ गरेको छ । प्रारम्भिक अनुसन्धानमा गाँजा तस्करीको लागि एम्बुलेन्स प्रयोग भएको देखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुर्मीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!