हिपमत डटकम

शनिबार, मंसिर १३, २०७७ || 637  पटक पढिएको

देवघाट गाउँपालिका–३ की एकल महिला माया गुरुङले ७३ बर्षमा नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको छ । देवघाट गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापा र तनहँुका प्रमुख जिल्ला अधिकारी सागर आचार्यले शनिबार वृद्धाको घरमै पुगी उहाँलाई नगारिकताको प्रमाणपत्र प्रदान गर्नु भएको थियो ।

परिवारका कोही पनि सदस्य नभएको कारण एक्लै बस्दै आउनुभएकी उहाँले अहिलेसम्म नागरिकता नपाएको बारेमा जानकारी पाएपछि आवश्यक कागजात जुटाएर नागरिकताको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गरेको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । नागरिकता पाइन्छ भन्ने बारेमा आफूलाई केही थाह नभएको बृद्धाले बताउनु भएको प्रजिअ आचार्यले जानकारी दिनुभयो ।

नागरिकताको प्रमाणपत्र नहुँदा ७३ वर्ष भइसक्दा समेत बृद्धाले अहिलेसम्म सरकारले प्रदान गर्ने जेष्ठ नागरिकको भत्ता समेत प्राप्त गर्नुभएको थिएन । अब उहाँले पाउने जेष्ठ नागरिक भत्ताको लागि प्रक्रिया सुरु गर्न अध्यक्ष थापाले वडा सचिवलाई निर्देशन समेत दिनुभएको छ ।
नागरिकताको प्रमाणपत्रसँगै अध्यक्ष थापा र प्रजिअ आचार्यले उहाँलाई करिब चार÷पाँच महिनाक लागि पुग्ने खाद्यान्न सामाग्री सहित आवश्यक भाँडा र न्यानो कपडाहरु समेत उपलब्ध गराउनुभएको थियो । ती सामाग्रीहरु भने वाटर एड नामक संस्थाले उपलब्ध गराएको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
२०७२ सालको भुकम्पले घर क्षती भएपनि उहाँ गाउँलेहरुले बनाई दिएको टिन र स्याउलाले बारेको छाप्रोमा बस्दै आउनु एको थियो । नागरिकताको प्रमाणपत्र प्राप्त पछि वृद्धालाई भुकम्प पीडितका लागि बनाइने निजी आवास निर्माणका लागि शनिबार नै सम्झौता गराइदिएको जतिसक्दो चाँडो घर निर्माण सम्पन्न गर्ने ठेकेदारको समेत व्यवस्थापन गरिएको प्रजिअ आचार्यले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!