महोत्तरी । महोत्तरी जिल्लाको बर्दिबासस्थित शुभम् बस्तीबाट बेपत्ता भएकी एक बालिकाको बलात्कारपछि हत्या गरिएको भन्दै आक्रोशित स्थानीयले प्रदर्शन गरेका छन् । उनीहरुले आरोपीलाई कडा कारवाहीको माग गर्दै राजमार्गमा प्रदर्शन गरेका हुन् ।

प्रहरीले हत्या आरोपी महोत्तरीकै गौशाला नगरपालिका वडा नम्बर ५ स्थायी ठेगाना भएका अरुण कुमार साहलाई पक्राउ गरेको छ । बर्दिबासमा समेत घर भएका उनको ३ तले घरमा आक्रोशित स्थानीयले आगो लगाएका छन् । प्रशासनले भीड नियन्त्रण गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्नुका साथै हवाइ फायर समेत गरिएको छ ।

बलात्कार आरोपितको घरमा प्रदर्शनकारीले आगजनी गरेपछि आगो नियन्त्रण गर्न गएको बर्दिबास नगरपालिकाको दमकललाई समेत रोकेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!