हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 751  पटक पढिएको

बेलायती अखबार द सनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पदबाट राजीनामा दिन लागेको दावी गरेको छ । रुसी उच्च स्रोतले बताएको भन्दै पुटिनले स्वास्थ्यको कारण राजीनामा दिने द सनले उल्लेख गरेको छ ।

समाचार अनुसार पुटिनले २०२० को अन्त्यसँगै पदबाट राजीनामा दिने सम्भावना रहेको छ । औपचारिक रुपमा जानकारी नगराइए पनि ६८ बर्षका पुटिनलाइ पार्किन्सन्स रोग लागेको हुनसक्ने अनुमान गरिएको छ । किनकि उनले पार्किन्सन्स रोगसँग मिल्ने लक्षणहरु देखाइरहेको अन्य अन्तर्राष्ट्रिय समाचार माध्यम हरुले पनि बताइरहेका छन् ।

त्यस्तै रुसका विज्ञहरुले पनि साोही रोगका कारण उनकी ३७ बर्षीया प्रेमिका एलिना कबाएबाले पनि पद छाड्न आग्रह गरिरहेको समाचार माध्यमहरुले बताएका छन् । उनले २०२१ को जनवारीमै पद हस्तान्तरण गर्न सक्ने बताइएको छ ।

पछिल्लो समय सार्वजनिक भएको भिडियोमा पुटिन कुर्सीमा बस्दा खुट्टाहरु निरन्तर काँपिरहेको देखिएको समाचारमा उल्लेख छ । त्यस्तै उनले कलम समाउँदा पनि औंलाहरु काँपिरहेको देखिएको दावी गरिएको छ । त्यस्तै भिडियोमा औषधिसमेत सेवन गरिरहेकाे देखिने गरेकाे समाचार माध्यमहरुले बताएका छन् । शक्तिशाली मुलुकहरुको सूचीमा पर्ने रुसको राष्ट्र प्रमुखको राजीनामाको बिषयलाई अन्तराष्ट्रियस्तरमा महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!