हिपमत डटकम

शुक्रबार, कार्तिक २१, २०७७ || 1113  पटक पढिएको

सूर्य गुरुङ एक राजनीतिकर्मी हुनुहुन्छ । उहाँको परिचय नेकपा बाँके जिल्ला कमिटीका सदस्य तथा निर्वाचित पूर्व वडा अध्यक्ष पनि हो । बन्दाबन्दीको समयमा घरबाहिर निस्कने अवस्था थिएन,सडकमा फालिएका गाडीका टायरबाट घरको छतमा ड्रागन फ्रुट लगायतका अन्य तरकारी रोप्न केही गमला बनाएँ, गुरुङ भन्नुहुन्छ,–आफूले बनाएका गमला सामाजिक सञ्जाल फेसबुकमा राखेको थिएँ, साथीभाइले मन पराएपछि यसमै समय बित्न थालेको छ ।
बन्दाबन्दीपछि करिब एकसय गमला बिक्री गरिसकेका गुरुङ अहिले माग अनुसारको गमला बनाउन समय अभाव हुने गरेको बताउनुहुन्छ । ब्यक्तिगतसँगै सरकारी र गैरसरकारी कार्यालयबाट गमलाको माग हुने गरेको उहाँको भनाइ छ ।
एक हजारदेखि पाँच हजार रुपियाँसम्मको गमला बिक्री गरेका गुरुङले करिब दुईलाखको गमला बिक्री गरेको बताउनुहुन्छ ।
गाडीका पुराना टायर, मिनिरल वाटरका बोतल, जारका बोतल लगायत अधिकाँश कवाडी सामान आफूले प्रयोग गरि गमला बनाउँदै आएको गुरुङ बताउनुहुन्छ । सामाजिक सञ्जालमा टायरको गमला बनाएको देखेपछि आफैले पनि बनाउन सक्छु भन्ने लागेर सुरु गरेको उहाँको भनाई छ ।
साथीभाई घरपरिवार सबैले हौसला दिएकाले यसलाई ब्यवसायको रुपमा अघि बढाउने सोच गुरुङको छ । नयाँ नयाँ स्वरुप र आकर्षणमा गमला बनाउन सुरु गरेका गुरुङ यसलाई निरन्तरता दिने सोचमा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!