हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1034  पटक पढिएको

प्रधानमन्त्री समेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली पार्टीमा उठेका विषयहरुबारे बैठक राखेर समाधान खोज्न अझै तयार नभएपछि नेकपाको विवादले कस्तो रुप लिने हो भन्ने अनिश्चित बनेको छ । ५ दिनपछि बिहीबार अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका कार्यकारी अध्यक्ष प्रचण्डसँगको सम्वादमा ओली पार्टी कमिटीको बैठक राख्न सहमत नभएका हुन् ।

श्रोतका अनुसार बिहीबारको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले बुधबार आफ्नो राजीनामा मागिएकाबारे दिएको अभिव्यक्ति के हो ? भनेर प्रश्न गरेका थिए । ‘तपाईले राजीनामा मागियो भनेर बेप्रशांगिक कुरा गर्नुभएछ बुधबार । तर अहिले कसैले राजीनामा नै मागेको छैन’, ओलीसँगको संवादपछि प्रचण्डले आफु निकट एक स्थायी समिति सदस्यसँग बताएका छन् ।

‘स्थायी समिति बैठकका निर्णय नै कार्यन्वयन गरौं भनेर मैले बारम्बार भन्दै आएको छु । साथीहरुको भनाई पनि त्यही छ । तर तपाईले त राजीनामा मागियो भनेर जुन प्रचार गर्नुभएछ त्यो ठिक होइन’, प्रचण्डको भनाई थियो । प्रचण्डले पुनः स्थायी समितिको निर्णय कार्यन्वयन गरे समस्या समाधान हुने भन्दै यस्ता बकम्फुसे कुरा नगर्न ओलीको ध्यानाकर्षण समेत गराएका थिए ।

‘यस्ता बकम्फुसे कुरा नगर्नुस् । यदि तपाइको कसैले राजीनामा मागे भनेपनि पार्टी कमिटीको बैठकमा छलफल गरौं, त्यही राखेर त्यही छलफल गर्दै अगाडि बढौं’, प्रचण्डको भनाई थियो । त्यसैगरी एक नम्बर प्रदेशका नेताहरुलाई जुम भेलामा ओलीले जवजलाई अघि बढाउन दिएको निर्देशनप्रति पनि भेटमा प्रचण्डले आपत्ति जनाएका थिए ।

‘एक नम्बर प्रदेशको जो भेला गर्नुभयो, त्यो पनि तपाइको पार्टी एकता विरोधी काम भयो । पार्टी एकता घोषणा गर्दा हामीले जे कार्यक्रम तय गरेका छौं,त्यसविरुद्ध भयो । यसले राम्रो गर्दैन’, प्रचण्डले ओलीको ध्यानाकर्षण गराएका थिए । प्रचण्डले आफ्ना कुरा राखेपनि ओलीले भने कुनै जवाफ नदिएको ओलीनिकट श्रोतले जनाएको छ ।

‘कार्यकारी अध्यक्षले आफुलाई मनमा लागेको कुरा प्रधानमन्त्री समेत रहनुभएका ओलीसँग राख्नुभयो । उहाँको जोड बैठक राख्न नै थियो

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!