हिपमत डटकम

बिहिबार, कार्तिक २०, २०७७ || 1214  पटक पढिएको

विराटनगर । नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष मनोज कुमार नरवणेले आज नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह प्राप्त गर्दैछन् ।

अपराहन्न राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा हुने विशेष कार्यक्रममा उनलाई चिन्ह प्रदान गर्नेछिन् । दर्ज्यानी चिन्ह ग्रहण गरेपछि उनले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्ने छन् । नेपालको तीन दिने औपचारिक भ्रमणमा रहेका उनी आज मुख्य औपचारिक कार्यक्रममा सहभागी हुँदै छन् ।

मानार्थ महारथीको उपाधि प्रदान गरेपछि उनलाई सैनिक मुख्यालयमा सेनाले गार्ड अफ अनर प्रदान गर्ने छन् । उनले शहीद गेटमा माल्यार्पण गर्ने समेत कार्यक्रम छ । नरवणेले रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री केपी शर्मा ओली र प्रधानसेनापति पूर्णचन्द्र थापासँग छुट्टाछुट्टै भेट गर्ने कार्यक्रम रहेको छ ।

राति प्रधानसेनापति थापाले बेलुका नरवणेको सम्मानमा रात्रिभोजको आयोजना गर्ने भएका छन् । थापाको औपचारिक निमन्त्रणमा नरवणे बुधबार नेपाल भ्रमणमा आएका हुन् । उनी शुक्रबार स्वदेश फर्किने छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!