काठमाडौं/नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३ सय ९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३ हजार ८ सय ४४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ४४ हजार ९ सय ७८ पुगेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ३० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १०३४ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ३६ हजार ९ सय ११ रहेको छ ।