हिपमत डटकम

बुधबार, कार्तिक १९, २०७७ || 604  पटक पढिएको

बिराटनगर । भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमणले दुई देशबीचको तिक्तता हट्न सक्ने सम्भावना रहेको छ ।

दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन सेना प्रमुख नरवणेको भ्रमणले सहज स्थिति सिर्जना हुन सक्ने संकेत देखिएको छ । यसअघि परम्परागत रूपमा भारतीय सेना नेपाली सेनाको निमन्त्रणामा आउने गरेको भए पनि यस पटकको भ्रमणलाई विशेष रूपमा लिइएको छ । सेनापति मनोजकुमार नरवणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ रथीको दर्जा दिनेछिन् । यसअघि भारतका सेना प्रमुखलाई पनि मानार्थ रथीको दर्जा ग्रहण गराउँदै आइएको भए पनि यसपटकको नरवणेको भ्रमणले विशेष अर्थ राख्नेछ ।

उनले सो दर्जा पाएसँगै यहाँ राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । कालपानी, लिम्पियाधुरा र लिपुलेकलगायतका सीमा विवादका कारण दुई देशबीच तिक्तता बढिरहेको बेला नरवणेको भ्रमणले दुई देशको राजनीतिक र कूटनीतिक तहमा लागेको ग्रहण केही हदसम्म हट्ने अपेक्षा लिइएको छ । भारतले काश्मीरको समस्याबाट उन्मुक्ति पाउन आफ्नो युनियन सरकारअन्तर्गत राखेसँगै नयाँ जारी भएको राजनीतिक नक्सामा लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएपछि दुई देशको सम्बन्धमा तिक्तता आएको थियो ।

नेपालले नक्सा जारी गरेपछि भारतले आपत्ति जनाउँदै त्यहाँको विदेश मन्त्रालयले कूटनीतिक नोट पठायो । त्यसयता नेपाल र भारतबीच संवादहीनताको स्थिति थियो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!