पर्शुराम निरौला

आइतबार, कार्तिक १६, २०७७ || 1042  पटक पढिएको

लेटाङ/ लेटाङ नगरप्रमुख शंकर राईले श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी रोग (ARDS) लागेर स्वास्थ्य अवस्था गम्भीर भएकी लेटाङ ८ जाँते अधेरीकी न्युस्मा राईको स्वास्थ्य अवस्था बारे चासो ब्यक्त गर्दै आज बिरामिलाई भेट गर्नुभएको छ । बिराट नर्सिङ होमम पुगेर आज उहाँ सहित लेटाङ ८ का वडा अध्यक्ष भिम प्रसाद पोख्रेल र डाक्टर मोहन खडकाले बिरामी राईको स्वास्थ्य अवस्थाका बारेमा बुझ्नुभएको हो ।
नगरप्रमुख शंकर राईको आग्रहलाई स्विकार्दै सो अस्पतालका संचालक डाक्टर ज्ञानेन्द्र कार्कीले बिरामिको उपचारमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको छ ।

भेन्टिलेटरमा राखेर दैनिक ६० हजार सम्म खर्छ गरेर उपचार गर्नुपरेपछी परिवारले सहयोगको अपिल गरेको थियो ।
नगरप्रमुख राईले बिरामी न्युस्माका बुवालाई ब्यक्तिगत १० हजार उपचार सहयोग स्वरुप हस्तान्तरण गर्नुभयो भने नगरपालिकाको तर्फबाट समेत सहयोग गर्ने बताउनुभयो ।

लेटाङ क्याम्पसमा अध्ययन गरिरहेकी राईलाई १ हप्ता अगाडि एक्कासि सास फेर्न गारो भएपछी बिराट नर्सिङहोम पुर्याईएको थियो ।
उनको उपचारमा करिब १५ लाख लाग्न सक्ने बताईएको छ । उपचारका लागि न्युस्मा राई बचाऔ अभियान समेत स्थानिय युवाहरु मिलेर सुरु गरेका छन ।

बिरामिको आर्थिक अवस्था कमजोर भइ उपचार धान्न नसकेपछी परिवारले सहयोगको लागि अपिल गरिएको छ ।
हाल बिरामिको अवस्था सामान्य बन्दै गएको र केही दिनमा डिस्चार्ज हुन सक्ने बताईएको छ । आज आईसियु बाट नर्मल बेडमा ल्याउने तयारी भइरहेको समेत पारिबारिक श्रोतबाट जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!