नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सरकारविरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । विप्लवले बुधबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै सरकार विरुद्ध पाँच दिने संघर्षका कार्यक्रम घोषणा गरेका हुन् । सरकारले कोरोनाको परीक्षणमा पनि शुल्क लिने निर्णय गरेर जनताको स्वास्थ्यमा खेलवाड गरेको आरोप चन्दले लगाएका छन् । सत्ताको आडमा भ्रष्टाचार गरेको भन्दै चन्दले यही कात्तिक १५ गतेदेखि २० गतेसम्म सञ्चालन गर्नेगरी संघर्षका कार्यक्रम सार्वजनिक गरेका हुन् । चन्दले आम नागरिकलाई निःशुल्क स्वास्थ्य जाँच र उपचारको व्यवस्था गरिनुपर्ने, कोरोना महामारीको नाममा भ्रष्टाचार र व्यापारिकरण बन्द गरिनुपर्ने र भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने माग अघि सारेका छन् ।