हिपमत डटकम

मंगलबार, कार्तिक ०४, २०७७ || 449  पटक पढिएको

बुटवलव  : प्युठानको गोलबाङमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार माण्डवी गाउँपालिका २ तिरामबाट दाङतर्फ जाँदै गरेको राप्ती सार्वजनिक बस ब्याबसायी समितीको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान सडकबाट करीब १ सय मिटर तल खसेर दुर्घटना भएको हो ।

दाङ घर भएका बस चालक ४० बर्षीय तारा रानाको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्युठानको माण्डवि ९१ तिराम बस्ने बर्ष ६६ का गोकर्ण अधिकारी, बर्ष ४५ कि लक्षमीखत्री र दाङको बंगलाचुलीगाउँपालिका बस्ने ३० बर्षीया बसन्ता बिक घाइते भएका छन् । उनीहरुलाई दाड उपचारको लागि ल्याएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!