त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर माथि मंगलबार विद्यार्थीले रड प्रहार गरेका छन् । रड प्रहारबाट उपप्राध्यापकको टाउकोमा गम्भीर चोट लागेको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्रिविका प्रवक्ता सूर्य अधिकारीले प्रेमबहादुरमाथि कुटपिट भएको जानकारी पाएको बताए । विश्वविद्यालय परिसर कीर्तिपुरमा नै उनीमाथि कुटपिट भएको हो । प्रेमबहादुर समाजशास्त्र केन्द्रीय विभागका उपप्रध्यापक हुन् । उनलाई नेविसंघ समर्थित विद्यार्थीले आक्रमण गरेको आरोप छ ।