शनिबार, आश्विन १७, २०७७ || 723  पटक पढिएको

अनलाइन कक्षा लिइरहँदा एकजना विद्यार्थीमाथि चितुवाले आक्रमण गरेको छ । खुल्ला स्थानमा साथीहरुसँग अनलाइन कक्षा लिइरहेका ती विद्यार्थीलाई चितुवाले आक्रमण गरेको हो ।

यो घटना भारतको गुजरातको हो । तडी जिल्लाको खपाटिया गाउँमा १९ वर्षीय विद्यार्थीमाथि आक्रमण भएको हो । बुधबार भएको घटनामा ती विद्यार्थी साथीहरुसँग इन्टरनेटको पहुँच भएको स्थानमा पुगेका थिए । अनलाइन कक्षा लिइरहेका गोविन्द गमित हरेक दिन अनलाइन कक्षाका लागि पुग्थे ।

गोविन्द आफ्ना साथी भविन गमितसँग अनलाइन कक्षा लिइरहँदा चितुवाले हातमा समातेर खुट्टामा समेत दाँत गाडिसकेको थियो । त्यसपछि भविन तत्काल गाउँलेलाई गुहार्न पुगे । गाउँले आएपछि चितुवा भागेर नजिकैको झाडीमा पुगेको थियो । यो खबर इन्डियन एक्सप्रेसले प्रकाशित गरेको छ

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!