शुक्रबार, आश्विन ०२, २०७७ || 857  पटक पढिएको

मेवा हाम्रो स्वास्थ्यको लागि धेरै नै फाइदाजनक मानिन्छ। मेवा स्वादिलो त हुन्छ नै यसले क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर प्रशस्त पाइने मेवाले विभिन्न रोगहरुबाट पनि बचाउँछ ।

स्वास्थ्यको लागि निकै नै फाइदाजनक मानिने मेवा कुनै केहि समस्या भएकाले खाँदा भने हानिकारक पनि हुनसक्छ । त्यसैले केही यस्ता समस्या भएकाहरुले मेवा सेवन नगर्नु नै राम्रो हुन्छ । मेवा गर्भवतीले नखाएकै राम्रो हुन्छ । यसको सेवनले गर्भावस्थामा गर्भपात गराउन पनि सक्छ ।त्यसैले मेवा उच्च रक्तचापको औषधी खाने व्यक्तिले पनि सेवन गर्नु हुँदैन । त्यस्ते न्युन रक्तचाप भएका व्यक्तिले पनि मेवा खानुहुँदैन ।

यदि तपाईलाई पेटको समस्या छ भने पनि मेवा सेवन नगर्नुहोस् । यदि घाँटीको समस्या छ भने पनि मेवा सेवन गर्दै नगर्नुहोस् । साथै पखाला लागेमा पनि मेवा खानुहुँदैन ।अत्याधिक मात्रामा भिटामिन ‘सी’को सेवनले मिर्गौलामा पथ्थरी हुने हुनाले मेवा धेरै सेवन गर्नु राम्रो हुँदैन । मेवामा भिटामिन ‘सी’ धेरै मात्रामा हुने गर्दछ । मुटुसम्बन्धि समस्या भएकाहरुले पनि मेवा सेवन गर्नुहुँदैन ।

त्यस्तै केरोटेनेमिया नामक रोगबाट प्रभावित व्यक्तिले मेवा खानुहुँदैन । मेवामा लेटेक्स नामक पदार्थ हुन्छ, जसले केरोटेनेमियाबाट प्रभावित व्यक्तिमा छालाको एलर्जी हुन सक्छ । स्तनपान गराउने महिलाले पनि मेवाको सेवन कम गर्दा राम्रो हुन्छ ।

Tweet Share

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!