आफ्नो औपनिवेशिक विगतलाई छाडेर बर्बाडोसले गणतन्त्र स्थापना गर्नुपर्ने धारणा देशका एक शीर्ष अधिकारीले राखेका छन् । सन् १९६६ मा बेलायतबाट बर्बाडोसले स्वतन्त्रता पाएको थियो । यद्यपी, अहिले पनि बेलायती महारानी एलिजावेथ नै यहाँको राष्ट्राध्यक्ष तथा महारानी हुन् ।

‘हामीले हाम्रो औपनिवेशिक विगतलाई पूर्ण रुपमा पछाडि छाड्ने समय आएको छ,’ बर्बाडोसका गर्भनर जनरल सान्द्रा मासोनले प्रधानमन्त्री मिया मोट्लीको प्रतिनिधित्व गदैैं भने । मोट्लीले २०१८ मा बहुमतसहित चुनाव जितेका थिए । ‘बर्बाडियनहरु बर्बाडियन राष्ट्रप्रमुख चाहन्छन् । हामी यो हासिल गर्न सक्षम छौं,’ मासनले भने, ‘त्यसैले बर्बाडोसले पूर्ण सार्वभौमसत्ताका लागि आगामी तर्कसंगत कदम उठाउनेछ र हामीले ५५ औं स्वतन्त्रता दिवस मनाउँदासम्म गणतन्त्र बन्नेछ ।’

२१ नोभेम्बरमा बर्बाडोसले आफ्नो स्वतन्त्रता दिवस मनाउँदैछ । यद्यपी, कतिपयले गणतन्त्र घोषणा गर्ने सरकारको दाबीमा शंका व्यक्त गरेका छन् । पछिल्ला दशकहरुमा धेरै सरकारले गणतन्त्रको मुद्दालाई अघि सारेपनि पूरा गर्न सकेनन् ।

औपनिवेकालीन शालिकहरु हटाउन ढिलाई गरेको भन्दै केही समयअघि मात्रै बर्बाडोसमा सरकारको विरोध भएको थियो । एडमिरल लर्ड नेल्सनको शालिक अहिले पनि यहाँको राजधानी ब्रिजटाउनस्थित ब्रोड स्ट्रिटमा छ, यो शालिक १८१३ मा ठड्याइएको थियो । विश्वका धेरै देशमा रंगभेदविरुद्ध प्रदर्शन बढेसँग यस्ता सार्वजनिक स्थलबाट सार्ने कामा भइरहेको छ, बर्बाडोसले पनि गत महिना यसलाई सार्ने योजना अघि सारेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!