जिल्ला अदालत काठमाडौँले स्थानीय बाफलकी एक युवतीमाथि एसिड आक्रमण गर्ने अभियुक्तद्वयलाई पुर्पक्षका थुनामा पठाउन आदेश जारी गरेको छ । न्यायाधीश कृष्णजङ्ग शाहको आजको इजलासले एसिड आक्रमण गर्ने भनिएका मोहम्मद आलम र फैयाज आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको अदालतका फैसला कार्यान्वयन अधिकारी सञ्जीव पोखरेलले जानकारी दिए ।

आदेशमा तेजाब पीडित ओखलढुङ्गाकी पवित्रा कार्कीलाई पीडित राहत कोषबाट रु दुई लाख राहत दिनसमेत भनिएको छ । अभियुक्तलाई गत साउन ८ गते कार्कीलाई काठमाडौँको बाफलमा सँगै खाजा खान बोलाएर तेजाब प्रहार गरी गम्भीर घाइते बनाएको अभियोग लागेको छ । कार्कीको हाल उपचार भइरहेको छ ।-रासस

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!