धनुषाको जनकपुरधामबाट एक जनप्रतिनिधिको सरकारी मोटरसाइकल चोरी भएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ बाट मोटरसाइकल चोरी भएको हो । धनुषाको कमला नगरपालिका वडा नम्बर ५ का अध्यक्ष शिवा पासवानले प्रयोग गर्दै आएको सरकारी प्रदेश २–०२–००१ ब ००५९ नम्बरको सरकारी मोटरसाइकल जनकपुरधाम स्थित जलाद पुल नजिकबाट चोरी भएको हो ।
उनी जनकपुरस्थित घर आएको बेला सोमवार मध्यरातमै मोटरसाइकल चोरी भएको अध्यक्ष पासवानले जानकारी दिए । उनले भने – औषधि किन्न आएको आफ्नै घर अगाडि राखेको मोटरसाइकल चोरी भयो । उनले अगाडि भने – नयाँ घर भएको कारण मोटरसाइकल घर भित्र नलगी घर अगाडि बाहिरै छाडेको थिएँ, बिहान उठ्दा मोटरसाइकल थिएन । सोही दिनदेखि खोजी गरिरहेका भएपछि भेटिएकाे छैन । जिल्ला प्रहरी कार्यालय
धनुषामा मौखिक जानकारी गराएका पनि बुधवार मोटरसाइकल चोरीको निवेदन दर्ता गराउने उनले बताए । पालिकाले प्रयोगका लागि दिएको मोटरसाइकल चोरी भएको अध्यक्ष पासवानले मंगलवार जानकारी गराएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विरेन्द्र कुमार सढानले बताए ।