सुदूरपश्चिम प्रदेशमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । मंगलबार बझाङ्गका ६५ वर्षीय एक पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएसँगै प्रदेशभर मृतकको संख्या ९ पुगेको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीको प्रयोगशालाबाट बितेको २४ घण्टामा ४२ र डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ३८ जना गरी ८० जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए । यस्तै कैलालीबाट ५५ जना मंगलबार निको भएर घर गएका छन् ।

सुदूरपश्चिमको प्रयोगशालामा हालसम्म पिसिआर बिधिबाट ३२ हजार २६२ जनाको नमुना परीक्षण भएकोमा अछामका ६६७, बैतडीका ३०७, बझाङ्गका १७४, बाजुरा ४४९, डडेल्धुराका २९५, दार्चुलाका २१, डोटीका ६६३ , कैलालीका १०९३ र कञ्चनपुरका ५१४ गरी कुल ४ हजार १८३ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा महिला ९९० र पुरुष ३ हजार १९३ रहेका छन् । क्वारेन्टिनमा २ हजार ३९१ पुरुष र ८ सय १५ महिला रहेका छन् । प्रदेशका विभिन्न आइसोलेसनमा हाल शंकास्पद १४ र संक्रमित ५३ गरी ६७ जनाको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!