नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी विवादलाई थप छलफल गरेर टुंग्याउने निर्णय गरेको छ । शनिबार दिउँसो ३ बजेदेखि साझ ७ बजेसम्म बसेको बैठकले पार्टी विवादबारे अध्यक्षद्वयले सहमतिमा टुंग्याउने निर्णय भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘पार्टीको समग्र समस्याको बारेमा छलफल भएको हो । आजको छलफल राम्रोसँग भएको छ । तर विवाद समाधान भएको छैन । दुई अध्यक्षले सहमतिमा विवाद टुंग्याउने सहमति भएको छ ।’

पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी सहमति जोखिने उनले बताए ।

भोलिका लागि निर्धारत स्थायी कमिटी बैठक बस्ने श्रेष्ठले जानकारी दिए । असार १० गतेदेखि जारी बैठक नेताहरुबीच सहमति हुन नक्सदाख आसर १८ गते यता बारम्बार स्थगित हुँदै आएको छ । प्रधामनमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले दुबै पदबाट राजीनामा दिनुपर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगायतले अडान दिएपछि विवाद चर्किँदै गएको छ । प्रधानमन्त्री ओलीले भने दुबै पद नछोड्न अडान राख्दै आएका छन् ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवासतिर लागेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सचिवालय बैठक जारी रहेका बेला प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाललगायत बालुवाटार प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!