नेपाली कांग्रेसका सांसद गगन थापाले संसदीय समितिले पारित गरेको नागरिकता सम्बन्धी विधेयकबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । संसदको राज्य व्यवस्था समितिले बहुमतले पारित गरेको सो विधेयकका प्रावधानप्रति कांग्रेस, जनता समाजवादी पार्टीलगायतका दलका सांसदहरुले अहमति जनाएका थिए ।
नेपाली पुरुषसँग विवाह गरेकी विदेशी महिलाले सात वर्षपछि मात्रै अंगीकृत नागरिकता पाउने प्रावधानको विरोध भइरहेका बेला थापाले विवेकका साथ सामूहिक प्रयासबाट समाधान खोज्न आह्वान गरेका छन् ।