चिनियाँ सेनासँगको झडपमा आफ्ना सैनिक कमाण्डरसहित २० जनाको मृत्यु भएपछि भारतीय सेनाले लद्दाख क्षेत्रमा आफ्नो गतिविधिलाई तिव्र पारेको छ । बुधबार भारतीय सेनाले लद्दाख सीमा क्षेत्रमा जोडिएका बस्तीहरु खाली गराउन सुरु गरेको छ । सम्भावित भीडन्तलाई मध्यनजर गर्र्दै ती क्षेत्रमा सैनिकहरुको संख्या ह्वात्तै बढाइएको छ भने स्थानीय मानिसहरुलाई सावधानीपूर्वक गाउँ खाली गर्न आह्वान गरेको छ । डेमचोक पेङगान्ग ताल वरिपरिका बस्तीहरुलाई सतर्क रहन आह्वान गरेको छ ।

त्यस्तै सीमा जोडिएको क्षेत्रमा मोबाइल फोन बन्द गर्न लगाइएको छ भने त्यहाँ तैनाथ सेनाको ल्यान्डलाइन फोन समेत बन्द गरिएको छ । अब उक्त क्षेत्रमा अपरेशनमा जोडिएका फोनहरुले मात्र काम गर्न सुरु गरेका छन् । त्यसैगरी लद्दाख क्षेत्रमै पर्ने लेह शहर बाहिर सेना बाहेकको सबै आवागमनमाथि प्रतिबन्ध लगाइएको छ । श्रीनगर–लेह राजमार्ग आमजनताका लागि पूर्ण रुपमा बन्द गरिएको छ ।

सैनिक अधिकारी र जवानहरुको विदा रद्द
यसैबीच कोरोना महामारी लगायतका कारण देखाई विदामा बसेका सैनिक अधिकारी र जवानहरुको विदा रद्द गरेर तत्काल ड्युटीमा फर्किन भारतीय सेनाले सम्बन्धित फोर्समा ह्वीप जारी गरेको छ । कोरोना महामारीपछि थुपै्र सैनिक अधिकारी र जवानहरु विदामा बसेका थिए ।

चीनको गतिविधि देख्नासाथ तत्काल एक्सन लिन आदेश
चीनसँग जोडिएको ३४ सय किलोमिटर वास्तविक नियन्त्रण रेखा वरिपरि सतर्क रहन भारतीय सेनाको निर्देशन छ । त्यहाँ तैनाथ गरिएका फरवार्ड पोष्टका कम्पनी कमाण्डरहरुलाई चीनतर्फबाट कुनै गतिविधि भएको खण्डमा तत्काल कार्वाही गर्न आदेश दिइएको छ ।

नौसेनाका युद्धपोत र लडाकु जेटहरु तैनाथ

यसैबीच मंगलबार राती भारतीय रक्षामन्त्री राजनाथ सिंह र ३ वटै (हवाई, स्थल र जल सेना) सेना प्रमुखबीच बैठक भएको थियो । उक्त बैठकमा रक्षामन्त्री सिंहले नौसेनाका युद्दपोतहरु चीनसँग जोडिएका इलाकामा तैनाथ गर्न आदेश दिएका छन् । चीनसँग जोडिएको सीमानामा तैनाथ अर्को भारतीय फोर्स आइटीबीपीले पनि आफ्ना सैनिकहरुलाई सतर्क रहन आदेश दिएको छ । त्यस्तै वायु सेनाले पनि हिमाञ्चल र उत्तराखण्डमा लडाकू जेट तैनाथ गर्न सुरु गरेको छ । श्रोतः दैनिक भाष्कर

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!