शुक्रबार, जेठ ३०, २०७७ || 1022  पटक पढिएको

समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरको मूलढोकामा ढुंगामुढा गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंले बाजुरा घर भई कीर्तिपुरमा बस्दै आएका २८ वर्षीय हेमराज थापालाई न्युरोडबाट पक्राउ गरेको हो।

‘सासंद सरिता गिरीको घरमा ढुंगामुढा गर्ने हेमराज थापा भन्नेलाई पक्राउ गरिएको हो,’ परिसरका प्रवक्ता तथा डिएसपी राजकुमार केसीले भने।

मंगलबार विशालनगरस्थित गिरीको घरको मूलढोकामा थापालगायत केही व्यक्तिहरूले क्षति पुर्‍याएका थिए। उनीहरूले ढोकामा कालोझण्डा समेत राखेका थिए।

उनीहरूले उक्त घटनाको भिडिओ समेत युट्युबमा हालेका थिए। उनीमाथि थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।

सासंद गिरीले लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको भन्दै नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी थिइन्। त्यसकै विरोधमा केही व्यक्तिले गिरीको निवासमा तोडफोड गर्न पुगेका थिए।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!