मंगलबार, जेठ २७, २०७७ || 535  पटक पढिएको

भैरहवामा पर्यटन डिभिजन कार्यालय स्थापना भएको छ । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले सोमबार कार्यालय स्थापना गर्दै सङ्कटग्रस्त पर्यटन क्षेत्रलाई जीवन्तता दिन प्रदेश सरकारले विशेष योजनाका साथ काम गर्ने बताउनुभयो । जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सूक्ष्म मूल्याङ्कन गर्न आवश्यक भएको बताउनुभयो । सिद्धार्थनगरका प्रमुख हरिप्रसाद अधिकारीले कार्यालयले सङ्घ र प्रदेशसँग समन्वय गरी मर्कामा परेका व्यवसायीलाई प्याकेजमा सहयोग दिने कार्यमा भूमिका खेल्ने बताउनुभयो । डिभिजन प्रमुख मुक्तिप्रसाद पाण्डेले पर्यटनसम्बन्धी होटल र ट्राभल एजेन्सी दर्ता एवं नवीकरण, पूर्वाधार निर्माणका कामलगायत उक्त डिभिजनमार्फत हुने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!