बुधबार, जेठ २१, २०७७ || 1016  पटक पढिएको

विराटनगर महानगरकी उप–प्रमुख ईन्दिरा कार्कीले आज कोरोना अस्पताल विराटनगरमा उपचार गराई रहेका महिलाहरुलाई सेनेटरी प्याड प्रदान गर्नुभएको छ ।
कोशि अस्पतालकी मेडिक सुपरिटेन्डेन्ट डा. संगिता मिश्रा मार्फत उप–प्रमुख कार्कीले कोरोना अस्पताल उपचार गराईरहेको कोरोना संक्रमित महिलालाई सेनेटरी प्याड हस्तान्त्रण गर्नुभयो । सो अस्पतालमा ३९ संक्रमति उपचार गराई रहेका छन । जस मध्ये ७ महिला छन । प्रदेश १ मा अहिलेसम्म १८८ संक्रमित भएका छन । कोरोना अस्पताल विराटनगरबाट उपचार भएर जानेको संख्या ४८ पुगेको छ ।  उप–प्रमुख कार्कीले भनिन,‘ महिला भएर महिलाको पिडामा मलम पट्टी लगाउने काम गरेको छु । मेसु मिश्राले सहयोगको खुलेर प्रशंसा गर्नुभयो । संक्रमित महिलालाई महिनाबारी हुदा प्रयोग गर्ने प्याडले राम्रो भएको बताईन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!