मंगलबार, जेठ १३, २०७७ || 929  पटक पढिएको

बढी मुनाफा लिएर धानको बीउ बिक्री गरेपछि यहाँको एक एग्रोभेट पसललाई रु दुई लाख जरिवानासहित कारवाही गरिएको छ । संयुक्त बजार अनुगमन समितिले आज गरेको बजार अनुगमनमा स्थानीय खजुरारोडस्थित मुनाल एग्रोभेट पसलले प्रतिकिलो रु दुई सय पर्ने ‘मुकाबला—२३ सुखी’ नामको धानको बीउलाई रु तीन सयभन्दा बढीमा बिक्री गरेको पाइएपछि कारवाही गरिएको हो । बन्दाबन्दी समयमा धानको बीउ खरीद गर्ने किसान ठगिएको प्राप्त सूचनाका आधारमा गरिएको अनुगमनमा उक्त पसलले तोकिएको मूल्यभन्दा धेरै मुनाफा लिएर बिक्री गरेको पाइएपछि कारवाही गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेलले बताउनुभयो । अनुगमन टोलीले नेपालगञ्जका त्रिमूर्ति, चितवन, सिर्जना र तिवारी एग्रोभेटमा रहेका म्याद नाघेका विभिन्न सामग्रीसमेत नष्ट गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!