अमेरिका राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमाथि प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन् ।

उनले भने, ‘कोरोनाभाइरस संक्रमण रोक्नमा चीनको असफलतालाई मध्यनजर गर्दै यसमा अमेरिकी प्रतिबन्धको सम्भावनालाई अस्विकार गर्न सकिँदैन ।’

उनले यो कुरा पत्रकारलाई त्यतिबेला जानकारी दिए जब उनी अमेरिकी राष्ट्रपतिका लागि फार्महाउस क्याम्प डेविड जानका लागि हेलिकोप्टरमा बस्ने तयारीमा थिए ।

उनी फार्महाउसमा विकेन्डमा काम गर्ने बताइएको छ । ट्रम्प २८ मार्चदेखि ह्वाइट हाउसबाट बाहिर निस्किएका छैनन् ।

उनी यो विकेन्ड आफ्ना केही सहयोगी र छोरी इभांका ट्रम्पसँग बिताउनेछन् ।

स्रोतः बीबीसी

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!