सोमबार, बैशाख ०८, २०७७ || 660  पटक पढिएको

डोल्पामा स्वाब परीक्षण गरिएका पाँच जनाको रिपोर्ट नेगेटिभ आएको छ । बिहीबार जिल्लामा पुगेको कोभिड–१९ द्रुत परीक्षण किटबाट पहिलोपटक पाँचको परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको हो । जिल्ला बाहिरबाट आएर होम क्वारेन्टाइनमा रहेका दुईसहित पाँच जनालाई पहिलोपटक द्रुत डाइग्नोस्टिक परीक्षण (आरडिटी) गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य सेवा कार्यालय प्रमुख डा सिजन रावलले जानकारी दिनुभयो । डोल्पाका स्थानीय तहले भारत तथा अन्य मुलुकबाट आएका सर्वसाधारणको यकिन तथ्याङ्क नदिँदा धमाधम परीक्षण गर्न नसकिएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ । स्वास्थ्यकर्मीको टोली गाउँपालिकामा भारतबाट आएका आठ जना सर्वसाधारणको दु्रत डाइग्नोस्टिक परीक्षणका लागि आइतबार किटसहित चिकित्सकको टोली जगदुल्ला गाउँपालिका सदरमुकाम दुनैबाट हिँडेको छ । उनीहरुको परीक्षणका लागि जिल्ला अस्पतालमा कार्यरत डा मछिन्द्र बडुवालको नेतृत्वमा चार जनाको टोली आइतबार गाउँपालिकातर्फ गएको जिल्ला अस्पतालले जनाएको छ । उक्त टोलीले जगदुल्ला गाँउपालिकामा दु्रत परीक्षण कीटद्वारा स्वाब परीक्षण सकेर मुड्केचुला गाउँपालिका जाने बताइएको छ । मुड्केचुला गाउँपालिकामा पनि भारतबाट आएका केही सर्वसाधारण रहेकाले उनीहरुको पनि परीक्षण गर्ने अस्पतालले जनाएको छ । स्थानीय तहले कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिको द्रुत परीक्षणका लागि बोलाएको खण्डमा तुरुन्तै किटसहित चिकित्सकको टोली खटाएर परीक्षण गरिने डा रावलले बताउनुभयो । डोल्पामा कोरोना आरडिटी परीक्षण किट १४० थान, मलेरियाको किट १२५ थान र रगत निकाल्न प्रयोग गरिने ल्यान सेट आइपुगेको छ । जिल्लामा तीन हजारभन्दा धेरै मानिस भित्रिएको भए पनि कुन स्थानीय तहमा कति जना विदेशबाट आए भन्ने तथ्याङ्क कसैसँग छैन ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!