शनिबार, बैशाख ०६, २०७७ || 913  पटक पढिएको

सरकारले कोरोना भाइरसको महामारीको समयमा बजार गुणस्तरहीन ह्याण्ड स्यानिटाइजरको आपूर्ति बढेपछि नेपाली औषधि उद्योगलाई स्यानिटाइजर उत्पादन गर्ने अनुमति दिन सुरू गरेको छ ।

यसअघि भारतसँग निर्भर नेपालले गत फागुनदेखि भारतमा नै महामारीका कारण नेपालमा स्यानिटाइजर र माक्स भित्रिन छाडेपछि औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगलाई उत्पादनको अनुमति दिन थालेको हो ।

विभागले गत फागुन महिनामै नेपालमा स्यानिटाइजर र माक्सको अभावका नाममा कालोबजारी सुरू भएपछि यी सामानको उत्पादनका लागि नेपाली औषधि उद्योगीलाई आब्हान गरेको थियो ।

विभागको सोही आब्हानपछि हाल सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडसहित अन्य निजी उद्योग गरी झण्डै २० वटाले स्यानिटाइजर उत्पादन गर्ने गरी अनुमति लिएर उत्पादन सुरू गरेको विभागले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीता शर्माले लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!