बिहिबार, चैत्र २०, २०७६ || 1361  पटक पढिएको

कलैया उपमहानगरपालिका–४ मा बुधबार ११३ घरलाई खाद्यान्न वितरण गरिएको छ । कोरोना भाइरसको सङ्क्रमणसँगै जिल्लामा भएको लकडाउनले मजदुरी गर्ने व्यक्ति, दलित र अति विपन्न वर्गलाई जीवनयापन गर्न अप्ठ्यारो भएकाले सात दिनका लागि वडामा रहेका ११३ घरलाई चामल, दाल, आलु, नुन र साबुन प्रदान गरिएको वडाध्यक्ष जटाशङ्कर सहनीले जानकारी दिनुभयो । राहत पाएसँगै वडाका ज्यालादारीमा काम गर्ने र अति विपन्न वर्गका व्यक्तिहरुले खुसी व्यक्त गरेका छन् । खाद्यान्य वितरण कार्यक्रममा वडा सदस्यहरु मन्तुनी देवी, चन्द्रकला कुमारी, स्थानीय युवाहरु वीरेन्द्र साह, अर्जुन ठाकुर, रमेश साह गोढ, लक्षुमनप्रसाद यादव र डा। सुशीलकुमार साहको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!