हिपमत डटकम

आइतबार, माघ १९, २०८२ || 1224  पटक पढिएको

लेखनाथ– नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीमा अब कुनै गुट नभएको र जिम्मेवारी युवाको काँधमा आएको बताएका छन्।

पोखरा–८ सिमलचौरस्थित कास्की क्षेत्र नं २ को चुनाव प्रचारसम्पर्क कार्यालय उद्घाटन गर्दै उनले सबै मिलेर आफ्ना उम्मेदवारलाई विजयी बनाउनुपर्नेमा जोड दिए। उनले कांग्रेस सुशासन, समृद्धि र महँगी नियन्त्रणको अभियानमा सधैं अग्रसर रहेको र युवाका मागलाई सम्बोधन गर्दै पार्टी अगाडि बढ्ने बताए।

शर्माले भने, “नेपाली कांग्रेस खुला किताब हो, यहाँ प्रत्येक सदस्य स्वतन्त्ररुपमा आफ्ना गतिविधि गर्न सक्ने वातावरण छ।”

कास्की–२ बाट उम्मेदवार माधवप्रसाद बाँस्तोलाले कांग्रेसले युवाका मागलाई समेटेर अघि बढ्ने बताए भने क्षेत्रीय सभापति केशर निर्दोषीले बदलिएको कांग्रेसप्रति जनता विश्वास गर्ने दाबी गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!