हिपमत डटकम

मंगलबार, पौष २२, २०८२ || 816  पटक पढिएको

सर्लाही– जनता समाजवादी पार्टी नेपाल (जसपा) सर्लाहीले प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत दश जना उम्मेदवारको नाम सिफारिस गरेको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रलाई समेट्दै उम्मेदवारको नाम टुंग्याइएको हो।

जिल्ला समितिका अनुसार सर्लाही निर्वाचन क्षेत्र नं. १ बाट संजयकुमार पासवान, राम विश्वास राय र सुधीरकुमार यादव सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नं. २ बाट भरत चौधरीलाई एकल उम्मेदवारका रूपमा चयन गरिएको छ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. ३ बाट प्रेस मञ्च नेपालका केन्द्रीय कार्यवाहक अध्यक्ष मनोजकुमार यादव रायसहित रामपृत पासवान, डा. जयप्रकाश यादव (जे.पी. यादव) र विनोद यादव सिफारिस भएका छन्। निर्वाचन क्षेत्र नं. ४ बाट भने रामपृत पासवान र उदयकान्त मिश्रको नाम प्रत्यक्ष उम्मेदवारका रूपमा अघि सारिएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!