सूचना तथा प्रसारण मन्त्रालयले सोमबार निर्देशन जारी गर्दै अर्को आदेश नआएसम्म आईपीएलका सबै खेलको प्रचार, प्रसारण तथा पुनःप्रसारण रोक्न आदेश दिएको हो।

मन्त्रालयका अनुसार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले मार्च २६ देखि सुरु हुने आईपीएलमा बंगलादेशी क्रिकेटर मुस्तफिजुर रहमानलाई कोलकाता नाइट राइडर्स (केकेआर) टोलीबाट हटाउने निर्णय गरेको थियो। बीसीसीआईको उक्त निर्णय कुनै ठोस वा तार्किक आधारविना गरिएको भन्दै मन्त्रालयले आपत्ति जनाएको छ।

मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उक्त निर्णय बंगलादेशी जनता तथा क्रिकेटप्रेमीका लागि अपमानजनक, दुर्भाग्यपूर्ण र निन्दनीय रहेको उल्लेख गरिएको छ। त्यसैका कारण सरकारले आईपीएल प्रसारण रोक्ने निर्णय गरेको जनाइएको छ।

यसअघि जनवरी ४ मा बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले टी–२० विश्वकपका लागि आफ्नो टोली भारत नपठाउने निर्णय गरेको थियो। बीसीबीले आफ्ना खेलहरू श्रीलंकामा आयोजना गर्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) समक्ष अनुरोधसमेत गरेको थियो।

मुस्तफिजुर रहमानलाई टोलीबाट हटाइयो

कोलकाता नाइट राइडर्सले जनवरी ३ मा मुस्तफिजुर रहमानलाई टोलीबाट हटाएको थियो। बंगलादेशमा अल्पसंख्यक हिन्दू समुदायमाथि हिंसाका घटना बढिरहेको सन्दर्भमा उनलाई टोलीबाट हटाउन दबाब परेको बताइएको छ। त्यसपछि बीसीसीआईले केकेआरलाई रहमानलाई टोलीबाट बाहिर राख्न निर्देशन दिएको समाचार सार्वजनिक भएको थियो।

पछिल्ला १६ दिनमा बंगलादेशमा चार जना हिन्दू समुदायका व्यक्तिको हत्या भएको समाचार पनि आएका छन्।

पाकिस्तानका खेल पनि श्रीलंकामा

टी–२० विश्वकपअन्तर्गत पाकिस्तानले आफ्ना खेलहरू श्रीलंकामा सारिसकेको छ। भारत–पाकिस्तानबीचको राजनीतिक तनावका कारण दुवै देशले एकअर्काको भूमिमा क्रिकेट नखेल्ने नीति लिएका छन्।

यसअघि भारतले च्याम्पियन्स ट्रफीका खेल पाकिस्तानमा खेल्न अस्वीकार गरेको थियो। सोही कारण पाकिस्तानले पनि भारतमा टी–२० विश्वकपका खेल नखेल्ने निर्णय गरेको छ। भारत–पाकिस्तानबीचको खेल श्रीलंकाको कोलम्बोमा आयोजना गरिने तय भएको छ।

यदि बंगलादेशका खेलहरू पनि श्रीलंकामा सारिए भने अन्य सहभागी टोलीका लागि पनि यही व्यवस्था लागू हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!