काठमाडौं — अस्ट्रेलियन ओपनअन्तर्गत हुने जुनियर इलिट ट्रफी प्रतियोगितामा सहभागिता जनाउन टेनिस खेलाडी शिभाली गुरुङ अस्ट्रेलिया प्रस्थान गर्ने भएकी छन्। अष्ट्रेलियाको मेलबर्नमा जनवरी १४ देखि ३० तारिखसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको १४ वर्षमुनिको विधामा उनी प्रतिस्पर्धा गर्नेछिन्।

शिभालीलाई शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच भाटभटेनी सुपर मार्केट र इन्फिनिटी वेयरले औपचारिक रूपमा बिदाइ गरेका हुन्। उमेर समूहका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उनले ग्रान्डस्लामस्तरको प्रतियोगितासम्म पुग्ने नेपालको पहिलो महिला टेनिस खेलाडी बन्ने उपलब्धि हासिल गरेकी छन्।

बिदाइ कार्यक्रममा शिभाली गुरुङले सबैको साथ, सहयोग र विश्वासका कारण इलिट ट्रफी खेल्ने अवसर प्राप्त भएको बताइन्। उनले अस्ट्रेलियन ओपनमा नेपालको प्रतिनिधित्व गर्दै उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।

हाल शिभाली १४ वर्षमुनिको टेनिस एसियाली वरियतामा तेस्रो स्थानमा रहेकी छन्, जसले अन्तर्राष्ट्रिय टेनिस क्षेत्रमा उनको सम्भावना र क्षमता प्रस्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!