सोनु शर्मा

बुधबार, पौष १६, २०८२ || 221  पटक पढिएको

लहान । नेपाली कम्युनिस्ट पार्टीको समानुपातिक बन्दसूचीमा पर्न सफल विद्यार्थी नेता अभिमन्यू यादव आज मधेसी युवाहरूका लागि आशा र प्रेरणाको प्रतीक बनेका छन्।

किसान परिवारमा जन्मिएका यादवको राजनीतिक चेतनाको आधार उनका पिता स्व. सगुन लाल यादवको संघर्षशील जीवन हो। थाई शिक्षकको जागिर त्यागेर २०५४ सालमा माओवादी जनयुद्धमा होमिनु भएका पिताको साहसी निर्णयले अभिमन्यूलाई सानैदेखि परिवर्तनको राजनीतितर्फ डोर्‍यायो।

२०६५ सालदेखि माओवादी निकट विद्यार्थी संगठनमा सक्रिय यादव निरन्तर संगठन निर्माण र विद्यार्थी हितका मुद्दामा अग्रसर रहे। यही संघर्षको परिणामस्वरूप उनले २०७३ सालमा विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्ववियु सभापतिमा भारी मतसहित विजय हासिल गरे।

२०७९ सालमा पिताको निधनजस्तो गहिरो पीडाबीच पनि उनको राजनीतिक यात्रा रोकिएन। पार्टीप्रतिको निष्ठा र इमानदारीलाई निरन्तरता दिँदै उनी हाल अखिल (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छन्।

हालै समानुपातिक बन्दसूचीमा समावेश भएसँगै अभिमन्यू यादवको संघर्षले नयाँ उचाइ पाएको छ। उनको सफलताले मधेस मात्र होइन, देशभरका युवाहरूलाई इमानदार राजनीतिमा टिकिरहन सकिन्छ भन्ने सन्देश दिएको छ।

विद्यार्थी राजनीतिबाट राष्ट्रिय राजनीतिसम्मको यो यात्रा—अभिमन्यू यादव, नयाँ पुस्ताको भरोसा।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!