हिपमत डटकम

आइतबार, पौष १३, २०८२ || 530  पटक पढिएको

गाईघाट– जिल्लामा शीतलहरसँगै अत्यधिक चिसो बढेपछि त्रियुगा नगरपालिकासहित आसपासका क्षेत्रको जनजीवन प्रभावित बनेको छ। बढ्दो चिसोका कारण विशेषगरी वृद्धवृद्धा र साना बालबालिका बढी समस्यामा परेका छन्।

त्रियुगा नगरपालिका अन्तर्गत जोगीदह, मोथ्याई, बगाहा, गाईघाट र लक्ष्मीपुर क्षेत्रमा चिसोका कारण दैनिक गतिविधि ठप्पजस्तै भएको लक्ष्मीपुरका स्थानीय देवलाल चौधरीले जानकारी दिए। जोगीदह हाडखोलाका कृष्णदेव चौधरीका अनुसार पछिल्ला तीन दिनदेखि निरन्तर शीतलहर चलिरहेकाले गाउँघरका वृद्धवृद्धा घरबाहिर निस्कन नसकी घुर तापेर बस्न बाध्य छन्।

चिसो बढेसँगै खेतबारी तथा वनजङ्गलमा घाँसदाउरा गर्न जान नसक्दा गाईवस्तुका लागि घाँसको समस्या समेत देखिन थालेको छ। मोथ्याईका रामकृष्ण राजधामीले चिसोका कारण साना बालबालिका विद्यालय जान नसकेको बताए।

सत्यदेवी माध्यमिक विद्यालय भुल्केकी शिक्षिका सम्झना आचार्यका अनुसार चिसो बढेसँगै कक्षा ५ भन्दा मुनिका विद्यार्थीको विद्यालय उपस्थितिमा उल्लेख्य कमी आएको छ। यस्तै, जनता आधारभूत विद्यालय असारीका शिक्षक कृष्ण दनुवारले कक्षा १, २ र ३ मा अध्ययनरत बालबालिका विद्यालय आउन छाडेका कारण साना कक्षाहरू प्रायः खालीजस्तै हुन थालेको जानकारी दिए।

अत्यधिक चिसोका कारण मानिसको आवतजावतमा कमी आएको छ भने वनजङ्गलमा घाँसदाउरा जाने कार्यसमेत प्रभावित भएको छ। त्रियुगा नगरपालिका–२ खैजनपुरका स्थानीय रमेश कार्कीले दिनभर घाम नदेखिँदा चिसो अझ बढेको गुनासो गरे।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!