हिपमत डटकम

बिहिबार, मंसिर १९, २०८२ || 391  पटक पढिएको

काठमाडौँ — नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था पुनःस्थापना, प्रदेश संरचनाको खारेजी तथा प्रत्यक्ष कार्यकारी प्रणाली लागू गर्ने विषयमा जनमत सङ्ग्रह गराउन अन्तरिम सरकारसँग माग गरेका छन्।

उनका अनुसार यिनै मुद्दामा जनताको प्रत्यक्ष मत लिनु ‘लडाइँ रोक्ने अन्तिम विकल्प’ हो। उनले नेपाल जोगाउन सबै पक्षको साझा दायित्व रहेको उल्लेख गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालसँग यस विषयमा छलफल भएको र गृहमन्त्रीको धारणा सकारात्मक देखिएको बताए।

प्रसाईंले आफ्ना मागहरू देश विभाजनकारी नभएको दाबी गर्दै ती पूरा हुने सम्भावना ६० प्रतिशत रहेको अभिव्यक्ति दिए। तर माग सम्बोधन नभए आन्दोलन नै अन्तिम बाटो हुने चेतावनी पनि दिए।

उनले अन्तरिम सरकार भ्रष्टाचारविरुद्ध पनि प्रभावकारी हुन नसकेको आरोप लगाए। प्रसाईंका अनुसार ‘जेनजी’ को समर्थनमा बनेको सरकारले त्यही समूहलाई थुन्ने काम गरेर उल्टो दिशामा अघि बढेको छ।

उनले भने, “भ्रष्टाचारीलाई सरकारले कारबाही गर्न सकेन। जेनजीलाई टेक op सरकारमा पुगेको तर पछि त्यही समूहलाई थुनेको छ। सरकार उल्टो बाटोमा हिँडिरहेको छ, जेनजी विद्रोहीलाई थुन्नु हुँदैन।”

प्रसाईंले राष्ट्र बचाउन सबैलाई आफू–तर्फ एकजुट हुन पनि अपिल गरेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!