राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान युएई शाखाको चौथो अधिवेशन सम्पन्न

नरेन सापकोटाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन

रामकुमार परियार

मंगलबार, मंसिर १०, २०८२ || 1211  पटक पढिएको

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान युएई शाखाको चौथो अधिवेशनले नरेन सापकोटाको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

गत आईतवार (नोभेम्बर २३ तारिख) बर दुबईमा सम्पन्न अधिवेशनले २०२५–२८ कार्यकालका लागि सापकोटाको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । सापकोटाको यो दोस्रो कार्यकाल हो ।

नवनिर्मित कार्यसमितिमा प्रथम उपाध्यक्ष माया सेडाइ केसी, उपाध्यक्ष जिवन पाण्डेय, सचिव अतित भुसाल, महिला सचिव अनिता अधिकारी चयन भए । यस्तै सह–सचिवमा नविन न्यौपाने, कोषाध्यक्षमा रमेश राना तथा सह–कोषाध्यक्षमा गोविन्द अधिकारी चयन भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यका रूपमा तुल्सी काफ्ले, अर्जुन न्यौपाने, ज्ञानु आचार्य, श्याम भुर्तेल, रमेश न्यौपाने, सीता स्मृति, धुर्व कुँवर, सविना सापकोटा, सरिता शर्मा भट्टराई, मनिता अधिकारी, निमकला भण्डारी, पुष्पा रानाभाट, संदेश तिवारी, आशा पाण्डे, बिरु ओली, नारायण सुनार र गोविन्द पोखरेल निर्वाचित भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि दुबईस्थित नेपाली उपमहावाणिज्य दूतावासका महावाणिज्य दुत कृष्णप्रसाद चापागाँईले विदेशमा श्रम र पेशाकर्मका लागि पुगेका नेपालीहरूले कला, साहित्य र सांस्कृतिक क्षेत्रमा देखाइरहेको सक्रियता प्रशंसनीय रहेको उल्लेख गर्दै नेपाली माटोप्रतिको माया र संस्कृतिप्रतिको समर्पणलाई उच्च सम्मान व्यक्त गरे । साथै, नव निर्वाचित कार्यसमितिलाई सफल तथा प्रभावकारी कार्यकालको शुभकामना दिए ।

कार्यक्रममा नेपाली समाज युएईका निवर्तमान अध्यक्ष बेदप्रसाद अर्याल, नेपाली समाज युएईका महासचिव जिवन पङगेनी, ईनास युएईका अध्यक्ष एमडि बोहोरा, नवलपुर सेवा समाज युएईका अध्यक्ष गोपाल पराजुली, नवलपरासी सेवा समाजका अध्यक्ष हरि न्यौपाने र स्याङजा समाजका अध्यक्ष पर्शुराम भण्डारी लगायतको उपस्थिती रहेको थियो । अधिवेशन सफल बनाउने सबैप्रति धन्यवाद व्यक्त गर्दै प्रथम उपाध्यक्ष माया सेडाइले प्रवासमा नेपाली लोकसंगीतको प्रवर्द्धनका लागि संस्था अझ सक्रिय भएर अघि बढ्ने बताइन् ।

युएईमा नेपालीहरुको संख्या बढ्दै गएसँगै नेपाली गीतसंगीत, भेषभूषा र संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रतिष्ठानले महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । लोपोन्मुख गित संगित एवम् सांगीतिक परम्पराको जगेर्ना र प्रचार–प्रसारमा प्रतिष्ठानले गरेको काम प्रसंसनिय रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!