हिपमत डटकम

मंगलबार, मंसिर ०३, २०८२ || 1557  पटक पढिएको

काठमाडौँ – मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध दायर रिटको सुनुवाइ सुरु भएको छ।

प्रदेशका ७४ सांसदहरूले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको इजलासमा पहिलो नम्बरमा सुनुवाइका लागि पेश भएको थियो। रिटमा नेपाली कांग्रेसका संसदीय दल नेता कृष्ण प्रसाद यादव, जसपा नेपालका नेता सरोजकुमार यादव, माओवादी केन्द्रका उपनेता युवराज भट्टराई, लोसपाका नेता जयलुन राइनसहितका नेताहरू सहभागी छन्।

उक्त रिटमा नेकपा एमाले बाहेकका ७४ सांसदहरूले सरोजकुमार यादवको मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको दाबी गर्दै यसलाई बदर गर्न माग गरेका छन्। उनीहरूले संविधानको धारा १६८ को उपधारा ३ अनुसार गठन भएको सरकार असंवैधानिक भएको बताए। सर्वोच्च अदालतले मंगलबार अन्तरिम आदेश जारी गर्दै मुख्यमन्त्री यादवलाई दीर्घकालीन निर्णय नगर्न निर्देशन दिएको छ।

मधेस प्रदेशसभामा हाल १७० सांसद छन्। सरकार गठनका लागि ५४ सांसदको बहुमत आवश्यक पर्छ। अहिलेको संसदीय संरचना यस प्रकार छ:

  • एमाले: २५ (सभामुखसहित)

  • कांग्रेस: २२

  • जसपा: १९

  • जनमत: १३

  • माओवादी: ९

  • लोसपा: ९

  • नेकपा ९एस०: ७

  • संघीय समाजवादी, राप्रपा, नागरिक उन्मुक्ति पार्टी: १–१ जना

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!