
काठमाडौँ – राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको वेबसाइट ह्याक भएको छ। करिब १ करोड ९० लाख नेपालीको बायोमेट्रिक विवरण रहेको विभागको प्रणाली ह्याक भएपछि वेबसाइट हाल खुल्न बन्द भएको छ।

महानिर्देशक नमराज घिमिरेका अनुसार करिब एक घण्टा अघिदेखि वेबसाइटमा समस्या देखिएको हो र अहिलेसम्म समस्या समाधान भएको छैन। विभागका इञ्जिनियरहरूले प्रणालीको समस्या पत्ता लगाउन प्रयास गरिरहेका छन्।
केही दिनअघिदेखि विभागले मतदाता नामावली अनलाइनबाट दर्ता गर्न सकिने नयाँ प्रणाली सञ्चालनमा ल्याएको थियो। यस प्रणालीको निर्माणको क्रममा डेटा सुरक्षा र गोपनीयतासँग सम्बन्धित प्रश्नहरू उठेका थिए।