
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालतको अवहेलनामा निवेदन दर्ता भएको छ। राजदूत फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगरेको भन्दै अधिवक्ता प्रेम सिलवालले सर्वोच्च अदालतमा निवेदन दायर गरेका हुन्।

सर्वोच्च अदालतले राजदूत फिर्ता बोलाउने आदेश कार्यान्वयन नगर्नू भनी अन्तरिम आदेश दिएकी थिइन्। त्यसपछि सरकारले परराष्ट्र मन्त्रालयमै हाजिर हुन निर्देशन दिएको थियो। हाल राजदूतहरू परराष्ट्र मन्त्रालयमै हाजिर भइरहेका छन्।
सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अदालतको अवहेलना निवेदन दर्ता भएको र निवेदनको पहिलो पेसी मंसिर ८ गतेका लागि तोकिएको छ। निवेदनमा प्रधानमन्त्री र परराष्ट्र मन्त्रालयलाई अवहेलनामा सजाय दिन माग गरिएको छ।
पूर्वप्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीविरुद्ध यो पहिलो अवहेलना निवेदन हो।