हिपमत डटकम

सोमबार, मंसिर ०२, २०८२ || 896  पटक पढिएको

काठमाडौँ। मधेस प्रदेशका पदमुक्त ५ सांसदले प्रदेश सभामुखको निर्णयविरुद्ध दिएको रिटको सुनुवाइ सुरु भएको छ। सञ्जयकुमार यादवसहित पदमुक्त भएका ५ जनाको रिट निवेदनको सुनुवाइ न्यायाधीश नित्यानन्द पाण्डेको इजलासमा भइरहेको छ।

मधेस प्रदेशसभा सचिवालयले लगातार १० वटा बैठकमा हाजिर नभएको भन्दै सांसदहरूलाई बर्खास्त गरेपछि उनीहरूले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

मधेस प्रदेशका सभामुखले जसपा नेपालका ४ सांसद र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी पाँच जनालाई पदमुक्त गर्ने निर्णय गरेका थिए। पदमुक्त सांसदहरूमा नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, जसपा नेपालका मनिषकुमार सुमन, सञ्जयकुमार यादव, सिंहासन सा कलवार र शारदा शंकरप्रसाद कलवार रहेका छन्।

निवेदकहरूले मधेस प्रदेशसभाको सचिवालय, मधेस प्रदेशका सचिव र प्रदेशसभाका सभामुखलाई प्रतिवादी बनाएर रिट निवेदन दायर गरेका छन्।

गत बिहीबार नेपाली कांग्रेससहित ७ दलका ६४ जना प्रदेशसभाका सदस्यले सभामुख रामचन्द्र मण्डलविरुद्ध ‘पद अनुकूल आचरण नगरेको’ प्रस्ताव दर्ता गराएपछि त्यसै रात प्रदेशसभा सचिवालयले जसपा नेपालका ४ र नागरिक उन्मुक्ति पार्टीका १ सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा
सम्पर्क

हिपमत मिडिया हाउस प्रा.लि.
बिराटनगर-७ मोरड प्रदेश नम्बर -१
सूचना विभाग दर्ता नं.
१५१५/०७६/०७७

हाम्रो बारे

हिपमत मिडिया हाउस प्रा.लि. द्वारा संचालित  अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

टेलिफोन

कार्यालय – ०२१-५१७६७८
विज्ञापन – ९८०७३७०१०६
ई–मेल
[email protected]

सोसल मिडिया
error: कृपया कपि नगर्नु होला !!